|

नयाँ दिल्ली : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको जानकारी उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका छन्। 

सोमवार उनले  ट्विट गर्दै अस्पताल अन्य स्वास्थ्य चेक जाँचका लागि जाँदा कोरोना पुष्टि भएको बताएका छन्। 'जाँचमा मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ', उनले भनेका छन्, 'जो जो मेरो सम्पर्कमा आउनु भएको छ, कोरोना परीक्षण गर्नुहोला, आफूलाई आइसोलेसनमा राख्‍नु होला।'

यता भारतभर कोरोनाका बिरामीको संख्या आइतवार २२ लाख नाघेको छ। अहिलेसम्म २२ लाख १५ हजार ४ सय ५ जना नयाँ संक्रमित भेटिएका छन्। आइतवार ६२ हजार ११७ नयाँ संक्रमित थपिएका छन्। 

यद्यपि‚ निको हुने दर पनि उच्च रहेको बताइएको छ। सोमबारसम्ममा झण्डै १५ लाख मानिस निको भइसकेका छन्। ज्यान गुमाउनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.