|

स्याङजा : कोरोना सङ्क्रमण त्रासले २ महिनादेखि बन्द गल्याङ नगर अस्पताल सञ्चालनमा आएको छ। 

कोरोना महामारीको जोखिम केही कम हुन थालेसँगै अस्पतालमा आकस्मिक तथा बहिरंगसहित सबै सेवा सञ्चालनमा ल्याइएको हो। अस्पतालले आफ्नो नियमित सेवा सुरु गरेसँगै सामान्य उपचारका लागि पोखरा, पाल्पा र वालिङ जानुपर्ने समस्याको अन्त्य भएको गल्याङ ३ बल्पुकका अर्जुन बस्यालले बताए। 

कोरोना संक्रमितको उपचार गर्न अस्पतालमा आइसोलेसन निर्माण गरिएको थियो। अस्पतालको आइसोलेसन कक्ष र अन्य बिरामीका लागि प्रवेशद्वार छुट्टाछुट्टै निर्माण गरिएका कारण सेवाग्राहीले कुनै शंका मान्नु नपर्ने अस्पतालका प्रमुख थानापति न्यौपानेले जानकारी दिए।

अस्पतालको नियमित सेवा सुरु भए पनि सेवाग्राहीले सामाजिक दूरी कायम गर्ने ,अनिवार्य मास्क प्रयोग गर्ने र नियमित सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने उनले बताए। अहिले गल्याङ नगर अस्पतालको आइसोलेसनमा १० कोरोना  संक्रमितले उपचार गराइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.