|

हेटौंडा : नेकपा मकवानपुरमा पछिल्लो समय राजनीतिक तरंग पैदा भएको छ। 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार मकवानपुरको पाँचौं जिल्ला सभाको उद्घाटन गर्दै आफूलाई जिल्लाकै सांसदहरुले अविश्वासको प्रस्ताव पेस गर्न लागेको बताएका थिए। 

मुख्यमन्त्री पदबाट हटाउन हस्ताक्षर अभियान चलाएको समेत बताएका छन्। पौडेलले आफूले गरेका सबै राम्रा कार्यमा पनि अहिले आलोचना भैरहेको बताएका थिए। उनले आफूलाई छिटोभन्दा छिटो निकाल्ने काममा मकवानपुरका सांसदहरु लागिपरेका बताएका थिए।  

मनगणन्ते अभिव्यक्ति : सत्तारुढ सांसद

मुख्यमन्त्रीको अभिव्यक्तिपछि मकवानपुरबाट प्रदेशसभामा निर्वाचित सांसदहरुले खेद प्रकट गरेका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा मकवानपुरका ४ सांसदले कमजोरी ढाकछोप गर्न मुख्यमन्त्री पौडेलको यस्तो खालको अभिव्यक्ति दिएका आरोप लगाएका छन्।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम घलानले विनियोजन बजेट खर्च गर्न नसक्नुमा सरकारको कमजोरी रहेको पौडेलले आफूविरुद्ध अविश्वास प्रस्ताव गरिएको झुटो अभिव्यक्ति दिएका बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.