|

काठमाडौं : च्याम्पियन्स लिगको क्वार्टरफाइनल अघि एट्लेटिको म्याड्रिडका २ जना खेलाडीलाई कोरोना पोजेटिभ देखियो। यो टिम तीन दिनपछि आरबी लेइपजिगविरुद्ध क्वाटरफाइनल खेलका लागि मैदान उत्रनुपर्ने छ। तर कोरोनाले क्लबलाई अर्को तनाव दिएको छ।

एट्लेटिकोले सोमबार दुई खेलाडीमा कोरोना पुष्टि गर्यो। यसले च्याम्पियन्स लिगमा कोरोना संकटले जोखिम ल्याउन सक्ने आँकलन गरिएको छ। 

युइएफएले कोरोनाका लागि उच्च तयारी र नियम बनाए पनि खेलाडीको संक्रमणसँगै फेरि एकपटक च्याम्पियन्स लिगमा खेलाडीको स्वास्थ्य सुरक्षाको विषयमा आवाज उठेको छ।

एट्लेटिकोद्वारा जारी विज्ञप्तीमा युइएफए प्रोटोकल अनुसार क्वार्टर फाइनलअघि सबै खेलाडीको पिसीआर टेस्ट गरिएको थियो। जसमा दुई खेलाडी पोजेटिभ पाइएको उल्लेख गरिएको छ। 

क्लबले दुबै खेलाडी अहिले आफ्नो घरमा सेल्फ आईसोलेट रहेको जनाएको छ। क्लबले युइएफएलाई यो विषयमा जानकारी गराएको जनाएको छ।

त्यस्तै क्लबले कोरोना पोजेटिभ खेलाडीको सम्पर्कमा आएका खेलाडीहरूको पुन पिसीआर टेस्ट हुने जनाइएको छ। साथै लिस्बनमा टिमले गर्ने अभ्यास सेड्युलमा पनि परिर्वतन गरिने जनाइएको छ। टिमको नयाँ अभ्यासबारे युईएफएसँग छलफल भइरहेको क्लबले जनाएको छ।

पहिलो पटक क्वार्टर र सेमिफाइनलमा एकै लेग

कोरोनाका कारण पहिलो पटक च्याम्पियन्स लिग फुटबलमा क्वार्टर र सेमिफाइनलका खेलहरू केवल एकै लेगबाट छिनोफानो हुँदै छन्। 

यसअघि दुवै टिम होम र अवेका रुपमा दुई खेल खेल्दै आएका थिए। त्यस्तै क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका सबै खेल लिस्बनमा खेलाइँदै छ। एट्लेटिकोले १२ मार्चमा डि​फेन्डिङ च्याम्पियन लिभरपुललाई पराजित गर्दै क्वार्टर फाइनलमा स्थान पक्का गरेको थियो।

फाइनल २३ अगस्टमा

च्याम्पियन्स लिगको फाइनल आगामी २३ अगस्टमा लिस्बनमा हुँदै छ। जहाँ चारै क्वार्टरफाइनल खेलहरू १२ देखी १५ अगस्टबीचमा हुने छ। लिगको सेमिफाइनल खेल १८ र १९ अगस्टमा खेलाउने कार्यतालिका छ।

प्रतियोगितामा १२ अगस्टमा एटलान्टाविरुद्ध पिएसजीले प्रतिस्पर्धा गर्दा १३ अगस्टमा आरबी लेइपजिग ले एट्लेटिको म्याड्रिडको सामना गर्ने छ। त्यस्तै १४ अगस्टमा बार्सिलोनाले वायर्न म्युनिखविरुद्ध भिड्दा १५ अगस्टमा म्यानचेस्टर सिटी र लियोनबीच अन्तिम क्वाटरफाइनल भिडन्त हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.