|

काठमाडौं : म्यानचेष्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। 

गएराति भएको क्वाटरफाइनल खेलमा म्यानचेष्टरले कोपनहेगनलाई १–० गोलले हरायो । म्यानचेष्टरका लागि ब्रुनो फर्नान्डेजले ९५ औं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै जितका लागि निर्णायक बन्यो। 

गएराति नै भएकाे अर्को खेलमा इन्टर मिलानले लिभरकुशेनलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको छ।  इन्टर मिलानका निकोलो बारेल्लाले १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि रोमेलु लुकाकुले २१ औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पारे।

२४ औं मिनेटमा लिभरकुशेनका कइ हाभेर्टजले गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन सकेन। प्रतियोगिता अन्तर्गत आज राति सख्तर डोनेस्क र बसेल तथा उल्भ्स र सेभिल्ला भिड्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.