जनकपुरधाम : धनुषामा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
सोमवार राति प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले पुष्टि गरे। उनका अनुसार विदेह नगरपालिका घर मृतक वृद्ध ३÷४ दिन पहिले अस्पतालमा भर्ना भएका थिए।
मृतकको नेपाली सेनाले शव व्यवस्थापन गरिनेछ। योसँगै धनुषामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या तीन पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।