|

धनगढी : धनगढी उपमहानगरपालिकाका एकजना कोरोना संक्रमित १९ दिनदेखखि सम्पर्कविहीन छन्। 

साउन ८ मा सेती प्रादेशिक अस्पतालमा स्वाब संकलन गराएका एक पुरुष अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायका अनुसार वडा नम्बर ५ का २८ वर्षीय पुरुषमा साउन १६ गते संक्रमण पुष्टि भएको थियो। नगरपालिकाको टिम, वडाध्यक्ष र प्रहरीले खोजी गर्दा समेत फेला पार्न नसकिएको उपाध्यायले बताए। संक्रमित पुरुषको फोन नउठ्ने कारण फेला पार्न नसकीएको उनले बताए। 

यस्तै, आइतबार संक्रमण पुष्टि भएका वडा नम्बर ८ का ४० वर्षीय पुरुष पनि सम्पर्कविहीन रहेको उपाध्यायले जानकारी दिए। संक्रमित देखिएका पुरुषले शुक्रबार सेती अस्पतालमा स्वाव संकलन गराएका थिए। उनीहरु दुवैजना सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.