|

काठमाडौं : संविधान संशोधन विधेयक संसदमा अघि बढ्न दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न प्रमुख प्रतिपक्षी एमाले छलफलमा जुट्दै छ। संसदीय दलको बैठक बिहान ११ बजे र प्रतिपक्षी गठबन्धनको बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। 

त्यसका लागि पार्टीको संसदीय दल र प्रतिपक्षी गठबन्धनको छुट्टाछुट्टै बैठक बोलाइएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। बैठकको निष्कर्षका आधारमा संसदमा प्रस्तुत हुने उनले जानकारी दिए। 

‘हामीसँग एक तिहाइ मत स्पष्ट छ, राप्रपाले पनि संशोधनको पक्षमा उभिन सकिन्न भनिरहेकै छ, थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै नेम्वाङले भन्नुभयो, विधेयक पारित नहुने निश्चित हुँदाहुँदै किन अघि बढाउने भन्ने हाम्रो प्रश्न हो।’ 

प्रमुख सचेतक भानुभक्त ढकालले पारित नहुँदा पनि मोर्चाले नमान्ने भए विधेयक अघि बढाउन दिने संकेत गर्नुभयो। मोर्चाले विधयेक पास हुनै पर्छ नभए मान्दैनौ भनेकाले कसरी जाने भन्ने विषयमा आन्तरिक र गठबन्धनमा छलफल गरेर निर्णय लिइने ढकालको भनाइ छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.