|

नेपालगन्ज : सुत्केरी हुन आउने महिला, स्वास्थ्यकर्मी र चिकित्सकमा संक्रमण देखिए पछि शिल गरिएको नेपालगन्जको भेरी अस्पताल तथा नेपालगन्जको मेडिकल कलेजको नेपालगन्जको प्रसुती वार्ड संचालनमा आएको छ। 

भेरी अस्पतालमा २४ गते उपचारका लागि आएकी रुकुम चौरजहारीकी २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भए पछि भेरी अस्पतालको प्रसुती वार्ड पनि शिल  भएको थियो। 
प्रसुती वार्डलाई सेनिटाइज गरेर संक्रमित बिरामीसँग सिधै एक्पोजर नभएका चिकित्सक र नर्शहरु लाई खटाएर पुन प्रसुती सेवा संचालन गरिएको अस्पतालका निमित्त प्रमुख डा खगेन्द्रजंग शाहले बताए।

त्यसै गरी स्त्री रोग विशेषज्ञ नै संक्रमित भए पछि  २६ गते देखि शिल गरिएको नेपालगन्जको मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालको प्रसुती वार्ड पनि सेनेटाइज गरेर संचालनमा ल्याइएको अस्पतालका सहायक निर्देशक डा रोमन किदवाईले बताए। 

नर्मल डेलिभरीका लागि सेवा सुरु भई सक्यो शल्य क्रियाका गरेर डेलिभरी गराउनु पर्ने केशका लागि पनि छिटटै सेवा सुरु हुने उनको भनाइ छ। नेपालगन्जको भेरी अस्पतालमा दैनिक २० देखि २५ जना र   नेपालगन्जको शिक्षण अस्पतालमा पनि दैनिक १५ जना सम्म सम्म प्रसुती सेवाका लागि आउने गरेका थिए। 

अस्पतालहरुमा  आउने मध्ये करिब ३० प्रतिशत महिलाहरुलाई  शल्यक्रिया पछि  सुत्केरी हुने गरेका थिए।  नेपालगन्ज र कोहलपुरका तीन वटै अस्पतालका प्रसुती वार्ड शिल भए पछि बाकेको बाकेको  डुडुवा की  ३० बर्षिय गर्भवती महिला  प्रिति खटिकले  ब्यथा लागेको  १२ घन्टा पछि स्वास्थ्यकर्मी र स्थानिय प्रशासनको पहलमा प्रसुती सेवा पाएकी थिइन्। 
बिशेषज्ञ सेवा भएका अस्पतालको प्रसुती वाड शिल हुदा खटिकले निक्कै सास्ती खेप्नु परेको थियो।

भेरी अस्पतालका शिल भए पनि भेरी अस्पताल कै स्त्री रोग बिशेषज्ञ डा कुमार शाह र एनेसथेसोस्लोष्ट डा पारस पान्डेसहितको चिकित्सक र स्वास्थ्यकर्मीहरुको टीमले शल्यक्रिया गरेका थिए। शल्यक्रिया पछि जन्मिएको  बच्चा र आमा दुबैको अबस्था सामान्य रहेको जानकी अस्पतालका प्रमुख डा श्याम सुन्दर यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.