|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा कुन विधिबाट गराउने भन्नेबारे छलफल थालेको छ।

वैशाखमा निर्धारित परीक्षा कोरोना महामारीका कारण स्थगित भएसँगै लाखौँ विद्यार्थी अन्योलमा परेपछि बोर्डले परीक्षा विधिबारे छलफल सुरु गरेको हो।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन तथा प्रमाणीकरणबारे निरन्तर छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘कोरोना संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै परीक्षा नहोला, तर अब कसरी परीक्षा लिने र कुन विधि अपनाउने भन्ने विषयमा सरकारसँग छलफल भैरहेको छ।’

उनले परीक्षा नै लिने निर्णय भएको खण्डमा सरकारले स्कुल खोल्ने निर्णय गरेपछि मात्रै सञ्चालन हुने जानकारी दिए। त्यस्तै, कक्षा १० को एसइई परीक्षाको आन्तरिक मुल्यांकन नतिजा अबको दुई/तीन दिनभित्रमा प्रकाशित गर्ने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.