कोभिड-१९ {अपडेट}

८५ कोरोना संक्रमित आइसियुमा, तीन जनालाई भेन्टिलेटरमा राखियो

फाइल फोटो
साउन २७, २०७७

    काठमाडौं : लक्षणसहितको कोरोना संक्रमित थपिएसँगै आइसीयुमा उपचार गराउने संक्रमितको संख्या बढ्दै गएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न अस्पतालको आइसियुमा उपचार गराउनेको संख्या ८५ पुगेको जानकारी दिएका छन्‌।

    प्रवक्ता गौतमले भने, 'भेन्टिलेटरमा ३ जना संक्रमितले उपचार गरिरहेका छन्। संक्रमित थपिने क्रम जारी छ। होम आइसोलेसनमा बसी उपचार गराउनेको संख्या दुई सय २४ पुगेको छ।'

    गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार गर्न एक हजार एक सय ३४ आइसीयु बेड रहेको गौतमले जानकारी दिए। हाल देशभर पाँच सय ७६ वटा भेन्टिलेटर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]