|

दाङ : जिल्लामा मंगलबार २९ जना नेपाली सेनासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल बाँकेमा गरीएको स्वाब परिक्षणमा तुलसीपुर १९ नम्बर बाहिनीका २९ जना सेनाका जवानमा कोरोना पुष्टि भएको हो। साउन १८ गते संक्रमण देखिएका जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन विकास आचार्यले जानकारी दिए। 

प्युठानमा कार्यरत १ जवान साउन १४ तालिमका लागि नेपालगन्ज जाँदै गरेको समयमा स्वास्थ समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण देखिएको थियो। 

ती जवानमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको हो। ३१ जनामध्ये २ जनाको नेगेटिभ आएको र २९ जना जवान बाहिनीभित्र क्वारेन्टाइनमा बसेका थिए । त्यसैगरी दाङको बबई गाउँपालिकामा ३ जनामा कोरोना पुष्टि भएको छ।

भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बबई ४ का २६ र ३३ वर्षीय पुरुष ३० वर्षीय महिलामा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर खड्काले जानकारी दिए। 

उनीहरु भारत तथा तेस्राे मुलकबाट आएका थिए । हाल गाउँपालिकाले एक वटा मात्र क्वारेन्टाइन सञ्चालन गरेको र उक्त क्वारेन्टाइनमा २६ जना रहेका उनले बताए। त्यसैगरी आजै गाउँपालिकामा समुदायस्तरमा स्वाब संकलन गरिएको समेत उनले बताए। 

व्यापारी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थामा कर्मचारी, गाउँपालिकाका कर्मचारीलगायत ५७ जनाको र क्वारेन्टाइनमा बसेका २१ जनाको  स्वाब संकलन गरिएको उनले बताए।त्यसैगरी शान्तिनगर गाउँपालिका २ की ९ बर्षीय बालकमा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.