|

कञ्चनपुर : बेलौरी नगरपालिका १० मा महाकाली सिँचाइको नहर भत्किएर दुई दर्जन घर डुबान परेका छन्।

सडकघाटस्थित सिँचाइ कार्यालय नजिक मंगलबार बिहान अचानक नहर भत्किएको हो।  बेलौरी नगरपालिका १० का अध्यक्ष होरीलाल चौधरीले घरहरु डुबान परे पनि समयमा पानी रोकिएकाले अन्य क्षति हुन नपाएको बताए। 

‘बिहान नहर भत्कियो, लगत्तै नहरमा पानी बन्द गरियो,’ उनले भने, ‘त्यसले डुबान भए पनि क्षति हुन पाएन।’ घरहरु डुबानमा परेपछि वडाध्यक्ष चौधरीको नेतृत्वमा उद्धार गरिएको थियो।अहिले नगरपालिकाले जेसिभी लगाएर भत्किएको नहर मर्मत गरेको छ। बेलौरीका मेयर पोतिलाल चौधरी, नगर प्रवक्ता विनोद नेपाली लगायतले नहरको स्थलगत निरीक्षण गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.