|

भारतका प्रख्यात शायर एवम् गीतकार राहत इन्दौरीको कोरोना संक्रमणका कारण निधन भएको छ।

संक्रमण पुष्टि भएपछि उनलाई भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमण भएपछि इन्दौरीलाई सास फेर्न गाह्रो भएको थियो। उपचारका लागि अस्पताल भर्ना गरिएकोमा अचानक हृदयघात भएपछि उनले ज्यान गुमाएका हुन्। 

चिकित्सकहरुका अनुसार उनमा ६० प्रतिशत निमोनिया देखिएको थियो। 

इन्दौरीले आज (मंगलबार) बिहान मात्रै ट्वीटरमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। सोही ट्वीटर एकाउन्टमार्फत उनको मृत्युको जानकारी दिइएको छ। 

इन्दौरी एक गम्भीर शायरका साथसाथै भारतका युवा पिंढीमाझसमेत निकै भिजेका सर्जक थिए। इन्दौरीको कोइ जाए तो ले आए, निद चुराई मेरी तुमने ओ सनममुन्ना भाई एमबीबीएसजस्ता गीत निकै चर्चित छन्। 

भारतका कलाकार र राजनीतिज्ञहरुले इन्दौरीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.