|

काठमाडौं : बंगलादेशमा जारी शेख कमाल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको मनाङ मर्स्याङ्दी क्लबले बुधबार अफगानिस्तानको शाहीन अस्मायी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे एमए अजिज रंगशालामा हुनेछ। मनाङले पहिलो खेलमा बंगलादेशको मोहम्मेदन स्पोर्टिङ क्लबलाई २ शून्यले हराएको थियो भने अफगान टिम बंगलादेशको चित्तागोङ्ग अवाहानीसंग ३–१ ले पराजित भएको थियो।

बुधबारको खेल जिते मनाङ प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.