|

भक्तपुर : मध्यपुर थिमि–६ निकोशेरास्थित युनाइटेड नेपाल केमिकल प्रालिको गोदाममा मंगलबार साँझ आगलागी हुँदा करिव ६० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

निकोशेरास्थित तुलसीभक्त श्रेष्ठको जग्गा भाडामा लिएर रुपन्देही घर भई हाल निकोशेरा बस्ने जीवन श्रेष्ठले सञ्चालन गरेको सो गोदाममा करेन्ट सर्ट भइ आगलागी भएको हो।

आगलागीबाट गोदामभित्र रहेको कच्चा पदार्थ, सेनिटाइजर, हार्पिक, साबुन र स्याम्पुलगायत करिब ६० लाख रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दिउँसो ४ बजे सुरू भएको आगलागी ललितपुर र भक्तपुरका ३ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको संयुक्त प्रयासबाट बेलुकी साढे पाँच बजेतिर नियन्त्रणमा आएको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए।

भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापा र प्रहरी वृत थिमीका प्रमुख प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलसमेत आगलागी नियन्त्रणमा खटिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.