|
फाइल फाेटाे

काठमाडौं : सप्तरीमा  एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ७२ वर्षीय वृद्धको मृत्यु  मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

चार दिनअघि ज्वरो आएको र  स्वाब परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको सप्तरीका जिल्ला जनस्वास्थ्य  प्रमुख दुनियालाल यादवले जानकारी दिए। 

मृतक मुटु, थाइराइड, सुगर र उच्च रक्तचापका पीडित थिए। यो सँगै जिल्लामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।  यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.