|
फाइल फोटो

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी र बाढीपहिरो पीडितको उद्धारका लागि फिल्डमा खटिन सांसदहरुलाई आग्रह गरेका छन्।

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले प्रदेश सबै सासंदलाई बाढी पहिरो र कोरोना महामारी नियन्त्रणको लागी फिल्डमा खटिन आग्रह गरे। जनताबीच प्रदेश सरकारको नकारात्मक कुरा फैलिएको बताउँदै मुख्यमन्त्री भट्टले सबै सासंद मिलेर त्यसको चिरफार गर्नुपर्ने बताए। 

उनले भने, ‘प्रदेश सरकारमाथि विभिन्न भ्रमहरु सिर्जना भएका छन्, त्यसको प्रतिवाद गर्न सबै लाग्नुपर्ने जरुरी छ।’ मुख्यमन्त्री भट्टले प्रदेश सरकारमाथि फैलिएका भ्रमले संघीयताको संरचनानै खतरामा पर्नसक्ने बताएका छन्। 

मुख्यमन्त्री भट्टले पटकपटक विवादले सुदूरपश्चिममा विकास नभएको बताउँदै राम्रो कामका लागि एकजुट नहुनु दुःखद् भएको बताएका छन्।

उनले समुदायस्तरमा कोरोना फैलिन नदिन प्रदेश सरकार लागिरहेको दाबी गरेका छन्। कोरोना नियन्त्रणका नाममा भएको खर्चको हिसाब माग्दै प्रतिपक्षले लामो समय प्रदेशसभाको बैठक अवरोध गरेकोप्रति कटाक्ष गर्दै उनले भने, ‘प्रतिपक्षले कोरोनाका नाममा ९३ करोड खर्च भयो हिसाब देउ भन्छन्, तर हामीले ५० देखि ५३ करोड खर्च गरेका छौं, अनि बाँकी खर्चै नभएको रकमको हिसाब कताबाट दिनु?’

प्रदेश सरकारले २४ करोडभन्दा बढी रकम राहत वितरण, आइसोलेसन निर्माण, क्वारेन्टिन व्यवस्थापनका लागि स्थानीय तहलाई दिएको मुख्यमन्त्रीले प्रष्टीकरण दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.