|

सल्यान : अविरल वर्षापछि पहिरो खस्दा सल्यानको दार्मा गाउँपालिका-३ र ४ का तीन घरपरिवार विस्थापित भएका छन्‌। ३० घर र तीनवटा विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ।

घरमा पहिरो चलेपछि गाउँपालिकाको वडा नं. ६ का टिके कामी, विमला बुढाथोकी र वडा नं. ४ का निराजन विकको परिवार विस्थापित भएका हुन्‌। विस्थापित सबैलाई सुरक्षित स्थानमा राखिएको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसीले जानकारी दिएका छन्।

पहिरोले वडा नं. ४ मा २, वडा नं. ६ मा ४, वडा नं. ५ मा १, वडा नं. २ मा १ र वडा नं. १ मा १ घर गरी ९ घरमा  क्षति पुर्‍याएको छ। ९ घरमा क्षति पुर्‍याएपनि तीन घरमा भने बस्न नमिल्ने गरी क्षति पुगेको केसीको भनाई छ। 

सडक छेउमा रहेका प्राय: घरहरु उच्च जोखिममा रहेका र पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको केसीले जानकारी दिए।

उच्च जोखिममा रहेका घरको पहिचान गरी आवश्यक सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको अध्यक्ष केसीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.