|
फाइल फोटो

कपिलवस्तु : बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा रहेको कपिलवस्तुका दुईजना पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा कपिलवतु नगरपालिका–२ जमुहरा टोलका ४२ वर्षीय र कृष्णनगर नगरपालिका–१० का २५ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए। ४२ वर्षीय पुरुष भने कोरोना संक्रमित हुन्। अर्का पुरुषको स्वाब संकलन गरिएको भए पनि रिपोर्ट आउन बाँकी रहेको छ। 

कपिलवस्तुका थप दुईजना कोरोना संक्रमितको अवस्थामा पनि गम्भीर रहेको छ। मस्जिद टोलका मासु व्यापारी र सागर टोलका एक उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा ८८० जना कोरोना संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.