|

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा सशस्त्र प्रहरीले २४ लाख ५० हजार भारतीय रकम बरामद गरेको छ। कृष्णनगर नगरपालिका-१ को लिंकगेट नजिकै ड्युटीमा रहेको प्रहरीले अवैध रकम बरामद गरेको हो।

भारतीय सीमाबाट झोलामा सेनेटाइज र औषधीको पोकाभित्र ल्याएको रकम प्रहरीले बरामद गरेपछि रकम बोक्ने व्यक्ति भारततिरै फरार भएको सशस्त प्रहरी उपरीक्षक ध्रुव थापाले बताएका छन्‌।

​दशगजा भन्दा ५० मिटर भित्र नेपाली भूभागमा ती व्यक्तिको झोला चेकजाँच गरिएको थियो। सुरुमा झोला खोल्दा ती व्यक्तिले सेनेटाइजर र औषधी रहेको बताएर  सशस्त्रको गस्ती टोलीलाई झुक्याउन खोजेका थिए। पछि शंका लागेर झोला खोली हेर्दा अवैध रकम फेला परेपछि ती व्यक्ति भागेको प्रहरीले दाबी गरेको छ।

भारु ५ सय दरका ४९ वटा गड्डी बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले बताए। बरामद रकम आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.