|

नेपाली युवाहरुमा विदेश पढ्न जाने मोह धेरैको हुन्छ, गएका धेरैको आस हुन्छ म शिक्षा हासिल गरेपछि आफ्नो देश र्फकन्छु तर धेरैलाई त्यो विचार फितलो सावित लाग्छ र स्वदेश र्फकने विचार छाडी परिवारलाई विदेशमा डाकेर प्रबन्ध गर्नपट्टी लागेको कथा धेरै युवाहरुको छ। ती युवाहरु संसारभर छरिएका छन्, अध्ययन सकेर अध्ययनअनुरुपको काम अथवा जिविकोपार्जजको लागि साधारण काम गरेर बसिरहेका छन्। 

तराईमा जन्मेका सन्तोष साह उच्च शिक्षाका लागी अमेरिका जादा तराई नेपाल नै थियो। पहाड तराइको संयोजनमा पढ्न पाएको विद्यालय बुढानिलकण्ठमा कुनैपनि किसिमको विभेद थिएन तर जब उनी देश फर्किए तराइमा मधेसीको नामले क्षेत्र, जाती, वर्ग वर्गीकरण गर्दैगरेका स्थानीय पटके नेताहरु सोझा जनतालाई अलमलमा पारीरहेका थिए। उनीहरुले अशिक्षा र अन्धविश्वासलाई हतियार बनाई समाजलाई अलमल र अन्धकारको बाटोमा ल्याउन दुषित राजनीति गरीरहेकाथिए। सबै दृष्य देखेर सन्तोषलाई लाग्यो यो बुढाहरुको पुस्ता त यसै खेर जाने नै भयो, अब म आउने युवा पुस्तालाई तयार गर्छुं भावी नेपालका लागी काम गर्छुं म तराई होइन्, पहाड होइन म सिंगो नेपालको विकासमा क्षमतालेे भ्याएको गर्छु भन्ने अठोट बोकेका साहलाई दृष्यगत र व्यवहारीक रुपमा कर्मठ युवा नेतृत्वमा देखेको पनि झण्डै डेढ दशक भयो । 

बिशेषतः टुडेज युथ एसिया मार्फ नेतृत्व तथा व्यक्तित्व विकास र अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्दे युवाहरुमा समाजप्रतीको दायीत्वबोध गराउने काममा सन्तोषको निरन्तरताले अझसम्म पाइरहेको देख्दा म सन्तुष्ट हुन्छु उनको कामको एकोहोरोपना देखी। सानो देश नेपालमा असामान्य संख्यामा दलहरु दर्ता भएका छन्, शंकाको शिखर चढिरहेका राष्टिय अन्तराष्ट्रिय  गैरसरकारी संस्थाहरु, कालो धन्दा गरेर सेतो अनुहार बनाउन लालायीत चटके व्यापारीहरुको कामको गती खजमजिएको सर्न्दर्भमा सन्तोष साहको नेतृत्वको संस्था टुडेज युथ एसिया, र त्यसले संचालन गरेका कामहरुको स्तुती वास्तवमै उदाहरणिय छ। टिवाइएले पावर टक्स नामको टेलिभिजन कार्यक्रम समेत संचालन गर्दथ्यो, इमेज र नेपाल टेलिभिजनमा, पछि अन्य युवा लक्षित कार्यक्रमहरु संचालनमा आए। टुडेज युथ एसिया नामक अर्न्तराष्टिय स्तरको म्यागेजिनको संस्थापक समेत सन्तोष रहेका थिए। पछिल्लो समयमा सन्तोष साह फाउण्डेसन मार्फ युवा केन्द्रित कार्यक्रमहरुलाई अघि सारीरहेका छन् । 

सन्तोषको अथक परिश्रमले धेरै युवालाई विदेशबाट स्वदेशमा फर्काउन मद्दत गरेकोछ, एक आइकनिक युथका रुपमा हजारौं युवाहरुले सन्तोषलाई लिएका छन्। तर मेरो मानसमा त्यो सन्तोषको चित्र फर्फराइरकोछ, जो डेढ दशक पहिलो सानो चश्मा लगाएर, सानो कायामा असामान्य वक्तव्यहरु दिइरहेकोहुन्थ्यो। योजनाहरुको बक्स थियो ऊ, जसरी हुन्छ युवाहरुलाई कसरी झकझकाउने र सही बाटोमा ल्याउने चिन्ता उनमा थियो। सन्तोषका आँखामा देखेको अपत्यारीलो चमकले हाम्रो परिचयको लामो धारामा धेरै दृष्यहरुको अनुभव गर्यो । 

हुनसक्छ समान रुची र उद्देश्यका कारणपनि हामी एक आपसमा बाक्लो सम्पर्कहरुमा रहन्थ्यौ, एभरेष्ट बुकसप देखी युथ फोरममा कार्यक्रमहरुमा हाम्रो बरोबर भेट भइरहन्थ्यो। रंग नेपालले निमार्ण गरेको साहित्यीक वृतचित्र कविताका रंगहरुको निर्देशन मेरो थियो भने सन्तोषले क्यामेरामा कैद गरेका थिए। अन्तरंगी युवा अभियन्ता, सामाजिक जागरणमा अटुट लागीरहेका, देश विदेशका घटनाहरुमा चासो राख्ने, सचेत नागरिक सन्तोषसँगको अनौपचारीक भेट सधैं औपचारीक बन्थ्यो र कुराकानीले आकार र अर्थ पाउने गर्दथ्यो। यसरी सुरु भएको थियो, म जस्ता युवक र तमाम देश विदेशका युवाहरुले उनीसँग सिक्ने र सिकाउने परिपाटीको श्रृंखला। 

पछिल्लो भेटमा विस्मीत भावसहित जिज्ञासा राखेको थिए उनीमाझ, सन्तोष जी हाम्रो परिचयको पन्ध्र बर्षछोटो समय होइन तर मैले जुनरुपमा देखेको थिए त्यही स्वरुपमा देखिरहेको छु तपाईलाई अहिलेपनि। परिवर्तन भएमा खुला गर्नुहोस् ।

उनको जवाफ थियो, पहिले त अनुभवको पनि कमी थियो। राजनीतिक र व्यवहारिक कुराहरूमा अनभिज्ञ पनि थिएँ। तर, विस्तारै धेरै कुराहरू बुझ्न थालेँ। धेरै कुराहरू थाहा पाएर पनि सक्रिय थिइनँ। त्यसो भनेर म निराश भएको होइन, यथार्थवादी भएको हो ।

सन्तोष साह क्रियासील रहेका संस्थाहरु र तीनको उद्देश्य तथा गतिविधीहरु,

क) टुडेज युथ एशिया

टुडेज युथ एशियाको स्थापना सन् २००२ मा काठमाडौंमा भएको हो। यसले डिप्लोम्यासीको क्षेत्रमा अन्तराष्ट्रियस्तरमा काम गरिरहेको छ। खासगरी अमेरिका र एसिया टुडेज युथ एशियाको कार्यक्षेत्र हो। आगामी दिनमा विकास र अनुसन्धानको क्षेत्रमा विभिन्न कार्यक्रम चलाउँदै थिङ्क ट्यांकको रूपमा काम गर्ने योजना छ। शैक्षिक संस्थाहरू, सरकार, कर्पोरेट सेक्टर, राजनीतिक दल तथा विश्वभरका नेतृत्व वर्गलाई विभिन्न विषयमा परामर्श दिने तथा विभिन्न रणनीतिहरु बनाउने काम पनि टुडेज युथ एशियाले गरिरहेको छ। अमेरिका-एसिया सहकार्यमा नवीन सोचका साथ विभिन्न परियोजना सञ्चालन गर्ने काम पनि यसले गर्नेछ। यसअघि टुडेज युथ एशियाले अमेरिका-एशिया संवाद शृङ्खला, एशिया-वर्ल्ड संवाद शृङ्खला तथा पावर टक्स टेलिभिजन शो सञ्चालन गरेको थियो । 

ख) लिडरशीप एकेडेमी

लिडरशीप एकेडेमीले विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाको रूपमा नेतृत्व तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। ती कार्यक्रमहरुले विद्यार्थीलाई प्रतिस्पर्धी बन्न र नेतृत्व लिन अग्रसर गराउँछ। लिडरशीप एकेडेमीमा सञ्चार तथा कार्यालय व्यवस्थापन, टेलिभिजन कार्यक्रम उत्पादन, क्षमता विकास, पत्रकारिता आदिका लागि तालिम कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। त्यस्तै, नेतृत्व विकास कार्यक्रम अर्न्तगत युथ फोरम, लिडरशीप एन्ड स्किल डेभलपमेन्ट प्रोग्राम, अर्ली लर्निङ स्किल प्रोग्रामहरु पनि सञ्चालन भइरहेका छन्। समग्रमा भन्नुपर्दा लिडरशीप एकेडेमीले युवाहरुलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउन सक्ने गरी प्रतिस्पर्धी र क्षमतावान बनाउन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। त्यसैगरी लिडरशीप एकेडेमीले युवा लक्षित टेलिभिजन कार्यक्रमहरु 'नेपालका ७ उत्कृष्ट युवा कवि' र 'नेपालका उत्कृष्ट ७ युवा वादविवादकर्ता' पनि निर्माण गरिरहेको छ, जुन एनटिभी प्लसबाट प्रशारण भइरहेको छ। यसले हाइ स्कुल तथा कलेजका विद्यार्थीहरुलाई उच्च शिक्षा र करियर म्यापिङका लागि गाइड गर्ने पनि काम गर्छ। विद्यार्थी जीवनबाट इर्न्र्टनसीप अनि जब प्लेसमेन्टबीचको ग्यापलाई कसरी व्यवस्थित गर्ने भनेर संस्थालेे गाइड गर्दछ। यो अहिलेका युवाहरुको लागि एकदमै महत्वपूर्ण कुरा हो ।

ग) सन्तोष साह फाउण्डेसन

सन्तोष साह फाउण्डेसनको उद्देश्य नवीन सोच भएका युवा तथा युवा संस्थालाई सहयोग र प्रोत्साहन गर्नु हो। गैरनाफामूलक यो संस्थाले विभिन्न तालिम, सम्मेलन तथा गोष्ठीहरु आयोजना गरेर ग्रामीण क्षेत्रमा रहेर नवीन सोचका साथ काम गरिरहेका तथा गर्न चाहने युवाहरुलाई सपोर्ट गर्छ। साथै समुदाय स्तरमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्छ। 

सन्तोष साह फाउण्डेसनले युवालक्षित टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। २०७२ वैशाखमा गएको भूकम्पका बेला पनि फाउण्डेसनले विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.