काठमाडाैं : कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बलराम बानियाँ बेपत्ता भएका छन्। बुधबार बिहानदेखि हराएको भन्दै कान्तिपुरले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ।
आज बुधबार मात्रै बानियाँ हराएको भन्दै उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले थाहाखबरलाई जानकारी दिए। ‘हामीलाई कान्तिपुरले नै तीन दिनदेखि उहाँ हराउनुभएको भनेर उजुरी दिएको छ,’ उनले भने, ‘अहिले अपराध महाशाखाले यो केस ह्यान्डिल गरेको छ। त्यहाँ उजुरी दिन बानियाँकी छोरी आफैँ जानुभएको छ।’
त्यस्तै काठमाडौंको बल्खु पुलबाट बागमतीमा हाम फालेर एक जना पुरुष बेपत्ता भएका छन्। सोममबार बिहान ११ बजे पुलबाट एक पुरुष हाम फालेको सूचना आएको महानगरीय राठौरले जानकारी दिए। उनको खोजी भइरहेको र उनी को हुन् भन्ने अहिलेसम्म नखुलेको राठौले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।