|

सल्यान : ललाइफकाई विवाह गर्छु भनी प्रलोभनन देखाई जबरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई प्रहरीले बलात्कार अभियोगमा समातेको हो। 

सल्यान कालिमाटी गाउँपालिका ३ स्थायी घर भई शारदा नगरपालिका ६ मा बस्दै आइरहेकी १२ वर्षीया बालिकालाई  उनले बलात्कार गरेका प्रहरीको आरोप छ। 

२५ गते राति बरलाको दौरेडाँडा भन्ने ठाउँमा विवाह गर्छु भनी प्रलोभनमा पारी जबरजस्ती करणी गरेको सूचना पाएपछि समातिएको जिल्ला प्रहरी कार्यालय सल्यानमा सूचना अधिकारी उमाकान्त जोशीले बताए। पक्राउ परेका परियारलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.