किस्ट अस्पतालमा बुधबारै दुई संक्रमितकाे ज्यान गयाे

|

काठमाडौं : ललितपुरको किस्ट अस्पतालको आइसियूमा उपचाररत एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ। ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।

पाठकका अनुसार २६ गते राति उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जले रिफर गरेकाे थियाे। 

उनका अनुसार उनी अस्पताल खुट्टा फ्याक्चरको समस्याले भर्ना भएका थिए। अस्पताल भर्ना हुँदा उनमा रिंगटा लाग्ने समस्या देखिएकाे पाठकले थाहाखबरलाई जानकारी दिए।

आज  बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे मात्र आएको हो। किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी ७७ वर्षीय महिलाको मृत्यु भएको थियो । उनको पनि बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.