|

काठमाडौं : दुई छोरी र श्रीमती छाडेर काठमाडौंबाट २२ दिनदेखि युवक बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेका छन्।

बालाजु पुरानो गुह्वेशवरीबाट अन्दाजी ३० वर्षका राजकुमार कटुवार हराइरहेका भन्दै पत्नी सजनी महर्जनले प्रहरीसमक्ष खोजी दिन आग्रह गरेका छन्। 

घरबाट केही काम छ भनी साउन ६ गते बिहान निस्केका उनी त्यसयता सम्पर्क नआएका परिवारले जनाएका छन्। पति घर नफर्किएपछि श्रीमतीले लगत्तै प्रहरीलाई खबर गरेको जनाएकी छन्। 

उनका अनुसार प्रहरीले मोबाइल नम्बरका आधारमा अनुसन्धान गरिरहेको छ। प्रत्यक्षदर्शीका अनुसार राजकुमार एक महिलासँग केही दिनदेखि हिँडिरहेका थिए। उनका ९ वर्षकी र १ वर्षकी गरी २ वटी छोरी छन्। ती युवक काठमाडौंमा दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.