|

बैतडी :  स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन्।  पुजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो। 

स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि  कोहलपुर लग्दै गर्दा चिसापानीमा बालिकाको मृत्यु भएको उनका फुपाजु शंकरदत्त भट्टले बताए। 

मृतक पुजाका बुवा रोजगारीको शिलशिलामा विदेश रहेका छन्। उनलाई उपचारका लागि आमा र हजुरबुवाले धनगढी पुर्याएका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.