सेनाले डिस्पोज गर्‍यो

|

कञ्चनपुर : महेन्द्रनगर बजारको सब्जीमण्डी रोड क्षेत्रमा प्रेसर कुकर बम भेटिएको छ।

बुधबार राति २ बजे भेटिएको बमलाई बिहान नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। 

सब्जीमण्डी रोडको भानु पार्टी प्यालेस नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको हो।

बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बमसँगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाएको बताए।

‘राति २ बजे बम भेटिएको हो, अहिले विहान ६ः५० बजे निष्क्रिय पारियो,’ उनले भने, ‘बमसँगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.