|

काठमाडौं : गोकर्णेश्वर नगरपालिका-९ स्थित आरुबारीको हातेमालो क्षेत्र आज बिहानबाट शील गरेको छ। स्थानीय एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले सो क्षेत्र शील गरेको हो।

गोकर्णेश्वर नगरपालिका-९ का अध्यक्ष राजीव थापाले संक्रमित भेटिएको क्षेत्रमा शील गरिएको जानकारी दिए। उनका अनुसार आरुबारीस्थित अरुणोदय मा.वि. भन्दा पछाडी रहेको हातेमालो क्षेत्रका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा आवतजावतसमेत पूर्ण रुपमा निषेधित गरिएको छ।

नगरपालिकाले संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी गरी कोरोना परीक्षण गर्ने जानकारी दिएको छ। संक्रमितको निकटमा पुगेका व्यक्तिहरूले वडा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ। 

वडाध्यक्ष थापाले सो क्षेत्रका बासिन्दालाई अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि बाहिर नआउन र घरभित्रै सुरक्षित बस्न आग्रह गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.