|

नेपालगन्ज : कोरोना संक्रमणको हट स्पट बनेको नेपालगन्जका त्रिभुवन चोक, आन्तरिक राजस्व कार्यालय र नेपालगन्ज उपमहानगरपालिका कर्मचारी गरी  ३० जना संक्रमितहरु निको भएर  डिस्चार्ज भएका छन्।

त्रिभुवन चोकका १६ र  आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना र उप महानगरपालिकाका ३ सहित ३० जना संक्रमितहरु आज नेपालगन्जका विभिन्न आइसोलेशन स्थलहरुबाट डिस्चार्ज हुने बाकेका कोरोना  फोकल पर्सन नरेश श्रेष्ठले बताए।  

डिस्चार्ज हुनेमा आन्तरिक राजस्व कार्यालयका अधिकृत सहितका कर्मचारी र उनीहरुको परिबारका सदस्यहरु छन ।  कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आन्तरिक राजस्व कार्यालयको एउटा भवनमा अस्थायी आइसोलेसन स्थल बनाएर राखिएको थियो । आइसोलेसन स्थलमा  १४ दिन बसे पछि संक्रमण मुक्त भएर उनीहरु घर फर्किएका हुन ।  कार्यालयका कर्मचारी र कर्मचारी परिवार कोरोना संक्रमण मुक्त भएर घर फर्किएपछि कार्यालयको अस्थायी आइसोलसन सेन्टर पनि खाली भएको   छ ।

त्यसै गरी त्रिभुवन चौकका मिठाइ पसलेसहित १६ जना पनि कोरोना मुक्त भएर घर फर्किन लागेका हुन्। उनीहरु नेपालगन्जको लायन्स डेन्टल अस्पतालको आइसोलेशन स्थलबाट निको भएर घर फर्किएका हुन्। 

त्यसै गरी नेपालगन्ज उप महानगरपालिकाका ६ जना कर्मचारी पनि आज डिस्चार्ज हुँदै छन्।  साउन १५ गते संक्रमण देखिए पछि उनीहरुलाई आइसोलेशनमा राखिएको थियो। योसँगै बाँकेमा कोरोना मुक्त भएर घर फर्किनेको संख्या ४ सय ३५ पुगेको छ। हालसम्म बाँकेमा कोरोना संक्रमण भएर ३ जनाको मृत्यु भई सकेको छ। बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६७ पुगेको छ। ती मध्ये २ सय २५ जनालाई आइसोलेशन स्थलमा राखेर उपचार भइरहेको छ। 

आइसोलेशनमा राखिएका मध्ये २८ जनामा कोरोनाको लक्षण देखिएको छ । लक्षण देखिएका मध्ये १७ जनामा सामान्य र ११ जनामा मध्यम खालको समस्या देखिएको छ। सामान्य लक्षण देखिएका १० जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन्।

लक्षण देखिएका संक्रमितहरुलाई खजुरा स्थित कोरोना आइसोलेशन अस्पतालमा राखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए भयो।   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.