|

काठमाडौं : कान्तिपुर राष्ट्रिय दैनिकसँग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाँको परिवारलाई नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले तत्काल एक लाख सहयोग गर्ने भएको छ। 

नेपाली पत्रकारहरुका लागि हरेक क्षण क्रियाशिल इञ्जाले स्वर्गीय पत्रकार बानियाँको अन्त्येष्टिमा परिवारजनलाई सहयोग गर्ने उदेश्यले (ईञ्जा आपतकालिन कोष) बाट १ लाख रुपैयाँ तत्कालै परिवार हस्तान्तरण गर्ने निर्णय गरेको छ। 

यसका साथै उनको परिवारलाई यस संकटको क्षणमा सहयोग गर्न नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा व्यक्तिहरुलाई पनि आव्हान गरेको छ।  

वरिष्ठ पत्रकार बानियाँको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको भन्दै इञ्जाले उनको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको  जनाएको छ।  त्यस्तै उनको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्वन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि वढाउन पनि माग गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.