|

काठमाडौं : वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) मा कार्यरत नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनको स्वाब निकालेर बुधबार परीक्षणको गर्दा संक्रमण पुष्टि भएको अस्पतालस्रोतले जानकारी दिएको छ।

सोमबारसम्म इमर्जेन्सीमा कार्यरत ती नर्सका पतिमा संक्रमण देखिएपछि बुधबार उनको पनि परीक्षण गरिएको थियो। स्रोतले भन्यो, ‘खासमा उहाँको श्रीमानमा संक्रमण देखिएको रहेछ, अनि परीक्षण गर्दा उहाँसहित छोराछोरीमा पनि संक्रमण भएको पाइएको छ।‘

नर्स अस्पतालमा नभएकोले हाल वीर अस्पतालको इमर्जेन्सी वार्ड भने शील गरिएको छैन। तर, क्लोज कन्ट्याक्टमा रहेका अरु स्टाफहरूलाई क्वारेन्टाइनमा पठाउने र पीसीआर परीक्षण गर्ने तयारी भएको बताइएको छ।

वीर अस्पतालमा अहिलेसम्म तीनजना चिकित्सक र एकजना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालमा अहिले तीनजना संक्रमित बिरामीको उपचार भइरहेको र एक जना चिकित्सकको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.