|

मकवानपुर :  मकवानपुरमा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  

हेटौंडा–१० स्थित किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको  हेटौंडा–४, कर्राको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए। 

चौलागाईंका अनुसार संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १, १० का १ र १३ का १ गरी उपमहानगरभित्र १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरी, भीमफेदी गाउँपालिकामा ३, थाहा नगरपालिका २, बकैया गाउँपालिका २, चितवन ठेगाना भएका १, काठमाडौं ठेगाना भएका १ र १० जना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.