मास्क खोलेर बोल्दा थुकबाट कोरोना सर्ने उच्च जोखिम

|

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)  संक्रमणको जोखिमबाट  जोगिन मास्क प्रयोग गर्न समाजिक दूरी कायम राख्‍न सरकारले पटक पटक आग्रह गरेको छ।

तर, सरकारी निकायहरूबाटै आफ्नै नियमको धज्जी उडाउने काम भइरहेका छन्। यसैबीच एपिवान टेलिभिजनको द ब्राभो डेल्टा शोमा पत्रकार भूषण दाहालसँग बुधबारको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले २ मध्ये १ जनाले मास्क लगाएर हुने बताएका छन्। जहाँ ओलीले मास्क लगाएका छैनन् भने दाहालले मास्क लगाएरै सम्वाद गरेका छन्। 

तर चिकित्सकहरुले भने संक्रमण बाट जोखिन भेटघाट र छलफलमा सामाजिक दूरी कायम गरेर दुवै पक्षले मास्क लगाउनु पर्ने बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भेटका क्रममा दुवैले मास्क लगाउन अनिवार्य रहेको बताएका छन्। उनले आँखामा थुकको छिटा पर्ने सम्भावना हुने भन्दै एकअर्काबीच नजिक नजिक हुने सबैले मास्क लगाउन अनिवार्य हुने बताएका हुन्।

‘नाक, मुख, आँखामा संक्रमितको थुकका छिटा पर्दा कोरोना सर्न सक्छ। मास्क लगाउँदा आँखा छोपिँदैन। तर पनि दुवैले मास्क लगाएर कुरा गर्दा थुकका छिटा उछिटिने जोखिम न्यून हुन्छ', उनले भनेका छन्, 'उच्च ओहोदावालाले मास्क नलगाइदिँदा झन् समस्या हुन्छ। मास्क नलगाइ उनीहरू बोल्दा छेउको व्यक्तिको आँखामा छिटा पर्न सक्छ। त्यसैले दुवैतर्फ मास्क लगाऔँ ।‘

बुधबार प्रसारित टेलिभिजन शोको रेकर्डिङका क्रममा प्रस्तोताले मास्क लगाउँदा प्रधानमन्त्री ओली भने खाली थिए। उनले त्यसक्रममा दुईमध्ये एकले मास्क लगाए हुने तर्क गरेका थिए।

अहिले तपाईं र म यहाँ संवादमा छौं, तपाईं र म बीच पर्याप्त सामाजिक दूरी पनि कायम भएको अवस्था छ', प्रधानमन्त्रीले भनेका थिए, 'त्यसैले मैले मास्क नलगाइ कुरा गर्दा समस्या हुँदैन।'

त्यस कार्यक्रमको सुरुमा प्रस्तोता दाहालले मास्क खोलेका थिए। तर जब उनले प्रधानमन्त्रीसँग संवाद थाले तब उनले मास्क लगाएका थिए। अर्कातिर प्रधानमन्त्री ओलीले भने संवाद सुरु भएपछि मास्क खोलेका थिए। 'अघि तपाईंले मास्क लगाउनुभएको थिएन, मैले लगाएँ, अहिले तपाईंले मास्क लगाउनुभयो मैले, खोले पनि भयो, सामाजिक दूरी छ डर छैन', ओलीले भनेका थिए। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.