|

दैलेख : कर्णाली प्रदेशमा दुई दिनको अवधिमा ४१ जनाका बिरामी थपिएका छन्। 

बुधबार प्रदेशका तीन जिल्लामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बिहीबार थप १८ जनामा संक्रमण पुष्टि भएको थियो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार बुधबार सुर्खेतका १८ जना, दैलेखका ४ जना, सल्यानका १ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै बिहीबार कोरोना पुष्टि हुनेहरुमा सुर्खेतका १८ जना रहेका छन्। तीमध्ये वीरेन्द्रनगर नगरपालिकाका १७ जना र लेकबेंसी नगरपालिकाका १ जना रहेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। 

बिहीबारसम्म कर्णाली प्रदेशभर संक्रमित संख्या २ हजार ५२ पुगेको छ भने संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या १९ सय १ पुगेको छ। प्रदेशभर हालसम्म कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाइसकेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.