|

काठमाडौं : देशभर बिहीबार ५ सय २५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै बिहीबार देशभरबाट १ सय ९  जना डिस्चार्ज भएका छन्।

आज काठमाडौंमा मात्र  १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको गौतमले बताए।

हाल देशभरका क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना बसिरहेका छन्। देशभर हाल ७ हजार ६ सय १३ संक्रमित रहेका पनि गौतमले जानकारी दिए। बुधबार देशभर ४ सय ८४ जनामा कोरोना पुष्टि भएको थियो। देशभर सक्रिय संक्रमित ८ हजार २५ जना रहेका उनले बताए। 

हालसम्म ९५ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भइसकेकाे छ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.