|

काठमाडौं : सरकारले कोभिड-१९ को संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टिका क्रममा विशेष सजगता अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा कोभिडबाट ज्यान गुमाएकाको अन्त्येष्टिका क्रममा विशेष सजगता अपनाउन भनेको हो। 

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बालबालिका र ६० वर्षमाथिका नागरिकलाई कोरोना भाइरसबाट मृत्यु भएकाहरुको अन्त्येष्टिमा सहभागी नगराउन आग्रह गरेका छन्। 

‘बालबालिका र ६० माथि उमेर भएकालाई कोभिडबाट मृत्यु भएकाहरुको अन्त्येष्टिमा सहभागी नगराउनु', गौतमले प्रेस ब्रिफिङमा भने, 'अन्त्येष्टिमा सहभागी हुने अरुले पनि शवलाई नछुनु।'

शव व्यवस्थापनमा सहभागीले पनि संक्रामक रोग नियन्त्रणको मापदण्ड पालना गर्न समेत मन्त्रालयले भनेको छ। 'मृत शरीरलाई चुम्बन गर्ने र छुने समेत नगर्नु होला',  गौतमले भने, 'शवभन्दा पर बस्‍नु होला, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नभुल्नु होला।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.