आइसोलेसनमा सक्रिय संक्रमितको संख्या ८ हजार २५

|

काठमाडौं : सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लिएसँगै ठूलो संख्यामा संक्रमितहरु घरमै बस्‍न बाध्य भएका छन्। देशभर होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या ४ सय ६६ पुगेको छ। प्रदेश ५ मा सबैभन्दा बढी १ सय ४५ संक्रमित रहेका छन्।

सुदूरपश्चिममा १ सय ७, प्रदेश २ मा ९८, प्रदेश १ मा ७२, बागमतीमा ३६ र  कर्णालीमा ८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। आइसोलेसनमा ८ हजार २५ जना सक्रिय संक्रमितले उपचार गरिरहेका छन्।

प्रदेश २ को आइसोलेसनमा ३ हजार ५ सय ८९ संक्रमित छन्। बागमतीमा १ हजार ७ सय ३, सुदूरपश्चिममा ८ सय ७०, प्रदेश १ मा ७ सय २५, प्रदेशमा ६ सय ८०,गण्डकीमा २ सय ४२ र  कर्णालीमा २ सय १६ संक्रमित आइसोलेसनमा रहेका छन्।

बिहीबार ५ सय २५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै बिहीबार देशभरबाट १ सय ९  जना डिस्चार्ज भएका छन्।

काठमाडौंमा मात्र  १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको गौतमले बताए। हाल देशभरका क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना बसिरहेका छन्। देशभर हाल ७ हजार ६ सय १३ संक्रमित रहेका पनि गौतमले जानकारी दिए।

बुधबार देशभर ४ सय ८४ जनामा कोरोना पुष्टि भएको थियो। देशभर सक्रिय संक्रमित ८ हजार २५ जना रहेका उनले बताए। हालसम्म ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.