|

काभ्रे : जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको ग्राफ उकालो लागेको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले संघीय प्रहरीका ६ जना, होटल व्यवसायी, सर्वसाधारण र स्वास्थ्यकर्मी एक÷एक जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

कार्यालयका प्रमुख झा. को अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ६७ जना पुगेको छ भने ३७ जनाको उपचार भइरहेको र २९ जना जिल्लाको विभिन्न आइसोलेसनमा उपचारपछि निको भएर घर फर्किसकेको छ। 

केहीदिन अघि काभ्रेका पाँचखाल नगरपालिका–१ की एक महिलाको ललितपुरस्थित पाटन आस्पतालमा कोरोनाबाट मृत्यु भइसकेको छ। उनी कोरोनाबाट मृत्यु हुने जिल्लाका पहिलो व्यक्तिसमेत हुन्। यसअघि धुलिखेल आस्पतालमा मृत्यु भएको महिला सिन्धुपलाञ्चोककी थिइन्।

धुलिखेलमा आकस्मिकबाहेक सबै सेवा बन्द

पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या घट्नुको सट्टा झन् बढ्दै गएपछि धुलिखेल अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमित पुष्टि भएसँगै आकस्मिकबाहेक ओपिडी सेवा सबै बन्द गरिएको आस्पतालले जनाएको छ। 

अस्पतालका संक्रमित स्वास्थ्यकर्मी सबै विभागको सम्पर्कमा पुगेको हुनाले उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई क्वारेन्टाइनमा राख्ने तयारीसहित आकस्मिकबाहेक ओपिडी सेवा बन्द गरिएको डा. झाले थाहाखबरलाई बताए। 

जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि जिल्ला प्रवेश गर्ने नाकाहरुमा थप कडाइ गरिएको छ। त्यस्तै यात्रुको सहजताका लागि भक्तपुरको जगतीबाट साँगासम्म अन्तर जिल्ला चल्ने गरी सञ्चालन गरिएको साझा लगायतका यातायातमा पनि रोक लगाएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.