विश्व

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो

साउन ३०, २०७७

    काठमाडौं :  भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो। 

    ६४ हजारभन्दा धेरै संक्रमति थपिएसँगै भारतमा कूल संक्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ। अमेरिकामा ५४ हजार, ब्राजिलमा ५४ हजार ४ सय, कोलम्बियामा ११ हजार २ सय, रसियामा ५ हजार, दक्षिण अफ्रिकामा ३ हजार ९ सय संक्रमित थपिएका छन्। 

    पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २ सय २८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या १ लाख ७० हजार नाघेको छ। ब्राजिलमा १ हजार २ सय, मेक्सिकोमा ७ सय ३७, कोलम्बियामा ३ सय ८, दक्षिण अफ्रिकामा २ सय ६०, रसियामा १ सय २४ र इरानमा १ सय ७४ जनाको मृत्यु भएको छ। 

    २४ घण्टामा २ लाख ६५ हजार कोरोना संक्रमित थपिएसँगै विश्वभर कूल संक्रमितको संख्या २ करोड १० लाख ६२ हजार नाघेको छ। तीमध्ये झण्डै १ करोड ३९ लाख संक्रमणमुक्त भएका छन् भने ७ लाख ५२ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]