|

तनहुँ : तनहुँमा समुदायस्तरमा कोरोना फैलिएको छ। भानु नगरपालिका–१ भन्सार आसपासका २० जना कोरोना संक्रमित शुक्रबार एकैदिन थपिएका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब नमूना संकलन गरी पोखरा पठाइएकोमा संक्रमण पुष्टि भएको हो। 

भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा सोमबार कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङबाट १२४ जनाको स्वाब नमूना संकलन गरिएको थियो। कन्ट्याक्ट टे«सिङबाट मोटरसाइकल वर्कसप, मासु तथा अन्य पसलहरुको व्यक्तिहरुको स्वाब नमुना संकलन गरिएको थियो। 

स्वाब संकलन गर्ने क्रममा नै १८ देखि २० जनामा रुघाखोकी तथा ज्वरो आएको थियो। एकै वडाका २० जनामा कोरोना पुष्टि भएपछि भानु नगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार एकै वडाका १४ पुरुष र छ महिला रहेका छन् भने एक ५ वर्षीया बालिका रहेकी छन्। 

सो ठाउँका २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८, ३५ वर्षीय पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ। ‘कन्ट्याक्ट टे«सिङबाट परीक्षण गर्दा नै यसरी एकैसाथ २० जनाको पोजिटिभ आएको छ, यो रिपोर्टले समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको छ,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.