|

काठमाडौं :  जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोको उद्धारका लागि उडेका सभामुख सापकोटा चौतारा झरेका छन्। सभामुख सापकोटा चौतारा झरेर हेलिकप्टरमा ४ जना सेना एक जना इन्जिनियर त्यसतर्फ पठाएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।

'लिदी पहिरो उद्धार लागि काठमाडौंबाट हेलिकोप्टरमा आएर सभामुख र म चौतारामा झरेका छौं',  उनले भने, उद्धारकालागि पहिलो प्राथमिकता भएकाले घाइतेको उद्वार गर्न हेलिकप्टरमा सेना पठाएका हौँ।'

पहिरोले लामाटोलमा १३ घर पुरिएको उनले बताए। सो मध्ये ५ घरका व्यक्तिहरु सम्पर्कविहीन भएका जनाए। सम्पर्कविहिीन मध्ये १३ जना एकिन भएको छन्। १५ जना घाइतेहरु लप्सेचौरमा निस्किएका छन्। पहिरोबाट थप ३० घर प्रभावित भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.