|

जनकपुर : घाँटी रेटिएर गम्भीर घाइते भएको अवस्थामा एक युवक फेला परेका छन्। जनकपुर उपमहानगरपालिकाको मुजेलियास्थित सशस्त्र प्रहरी बेसक्याम्प अगाडि घाँटी रेटिएकै अवस्थामा सडकमा हिँड्दै गरेका युवक बुधबार फेला परेका हुन्।

गौतम झा नाम बताउने करिब २० वर्षका ती युवकलाई उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। रगतले लछप्पै भिझेर सडकमा हिँडिरहेका ती युवकलाई पत्रकार रामनारायण महतोले देखेपछि जनकपुर अञ्चल अस्पताल पुर्‍याई प्रहरीलाई खबर गरेका थिए।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको छ। प्रहरीले उनको घाँटी रेटेको आरोपमा शंकास्पद दुईजनालाई जनकपुर उपमहानगरपालिकाको धनुका टोलको बाँसघारीबाट पक्राउ गरिएको जानकारी दिएको छ। यस विषयमा थप छानविन भैरहेको प्रहरीले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.