|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई सम्मान गर्ने परम्परालाई आफ्नो पार्टीले निरन्तरता दिने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले काठमाडौंबाट देश दर्शनमा लैजान लागेका १ सय २५ जेष्ठ नागरिकलाई बुधबार पार्टी मुख्यालय धुम्बाराहीबाट विदाई गर्दै ओलीले यस्तो बताएका हुन्।

जेष्ठ नागरिकको अनुभव मुलकका लागि महत्वपूर्ण पूँजी हुने भन्दै उनले आफूले जेष्ठ नागरिकलाई सधैँ सम्मान गर्ने गरेको बताए। जेष्ठ नागरिकप्रतिको सम्मानकै कारण आफ्नो आयु लम्बिने आत्मविश्वास बढेको उनको भनाइ थियो।

एमालेका पूर्वअध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले जेष्ठ नागरिकलाई भत्ता दिन सुरु गरेको भन्दै ओलीले आफू प्रधानमन्त्री छँदा भत्ता बढाएको स्मरण गरे। 

टोलीमा प्रदेश नम्बर ३ अन्तर्गत १३ जिल्लाका १ सय २५ वृद्धवृद्धा सहभागी छन्। टोली पोखरा, तानसेन, लुम्बिनीसहित मनकामना मन्दिर पुगेर फर्किनेछ। काठमाडौं फर्किएपछि फागुन १८ गते शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.