|

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अर्का सांसदमा पनि कोरोना पुष्टि भएको छ । सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय साँसद डा. सूर्यनारायण यादवमा कोरोना पुष्टि भएको हो। 

जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा डा. यादबको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। बालरोग विशेषज्ञ रहेका डा. यादव जनकपुरस्थित प्रादेशिक अस्पतालकै अगाडि निजी क्लिनिक संचालन गर्दै आएका छन्। 

उनको क्लिनिकमा प्रदेश २ का अधिकांश जिल्लाका बिरामी आउने गर्छन् । उनी हरेक दिन करिब ३ देखि ५ सय बिरामीलाई चेकजाँच गर्ने गर्थे। सप्तरीको त्रिहुत गाउँपालिका ४ घर भएका उनको जनकपुरमा पनि घर छ । उनी प्रायः जनकपुर नै बस्छन्। 

उनी जनकपुरस्थित जानकी हेल्थ केयरका सञ्चालक समितिका सदस्यसमेत हुन् । उक्त हेल्थ केयरका चार कर्मचारीमा समेत कोरोना पुष्टि भएको बताइएको छ। यसअघि जसपाकै पर्साका सांसद प्रदीप यादवमा कोरोना पुष्टि भएको थियो । हाल उनी निको भए पनि घरकै आइसोलेसनमा बसिरहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.