|

दाङ : कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ देखि  ८ सम्म रातको समय निषेधाज्ञा गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म निशेषज्ञा जारी गर्ने निर्णय गरेको हो। बैठकले रातको समयमा बजार, यातायात, हिँड्डुलमा समेत पूर्णरुपले बन्देज गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्बर, नेपाल पत्रकार महासंघलगायत संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा भएको बैठकले उक्त निर्णय गरेको हो।

यस्तै, चाडपर्वको नाममा हुने भीडभाड, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने नित्यकर्मबाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ। वैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ।

सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्बर, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहहरुसहितको जिल्ला अनुगमन समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दाङलाई कोेरोनामुक्त राख्नका लागि राति पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमुखी उपायको खोजी गरिएको  बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.