|
फाइल फोटो

बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–५ मा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ, एक जना गम्भीर घाइते भएका छन्‌। राति २ बजेतिर खसेको पहिरोले हिराबहादुर बिकको घर पुर्दा मानवीय हताहती भएको हो।

पहिरोमा पुरिँदा हिराबहादुरका १४ वर्षीया विरेन्द्र विक र ६ वर्षीय नाती प्रवेश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए।

सोही पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि बुर्तीवाङ ल्याइएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । सोही घरमा रहेका अन्य तीनजानको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.