समाज

सिन्धुपाल्चोकको लिदी पहिरोमा थप दुई जनाको शव भेटियो

साउन ३१, २०७७

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ। यससँगै हालसम्म पहिरोमा पुरिएका १२ जनाको शव भेटिएको छ। २६ जना अझै हराइरहेका छन्‌।

    ​पहिरोमा पुरिएकामध्ये ५ जनाको शव शुक्रबार दिउँसो र थप ५ जनाको शव अपराह्न फेला परेको थियो। पहिरोमा ३८ जना पुरिएर बेपत्ता भएका थिए। 

    ​गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार पहिरोबाट निकालिएका शवको सामूहिक अन्त्येष्टि गर्नेे तयारी भइरहेकाे छ। ​

    शुक्रबार बिहान जुगल गाउँपालिका-२ गोल्चे, लिदीमा बस्ती माथिबाट निकै ठूलो पहिरो खसेको थियो। पहिरोले त्यहाँका ३७ घर ध्वस्त पारेको छ।

    पहिरोले ठूलो क्षति भएको खबर आएपछि सभामुख अग्‍निप्रसाद सापकोटा बिहानै हेलिकोप्टरमा त्यहाँ पुगेका थिए। त्यसपछि गृहमन्त्री रामबहादुर थापा बादल सेनाको हेलिकोप्टरमा पुगेर राहत वितरण गरेका थिए।

    हराइरहेकाहरुको खोजी गर्न पहिरोमा अब स्काभेटर चलाउने तयारी भइरहेको छ। राति पानी परेकाले उद्धारकार्य प्रभावित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]