|

बागलुङ : बागलुङमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला एक उच्च पदस्थ जनप्रतिनिधि र एक जना वडा तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो।

५४ वर्षिय र ३८ वर्षीया दुवैजना पुरुष जनप्रतिनिधि हुन्। उनीहरु दुवै जनालाई आईसोलेसन लैजाने तयारी भैरहेको छ। ‘उहाँहरु खुल्न चाहनुहुन्छ/हुँदैन, अहिले नै सबै नबताउँ,’ एक स्वास्थ्यकर्मीले भने, ‘जनप्रतिनिधि भएको कुरा प्रष्ट हो।’

बागलुङमा रहेका ५४ वर्षीया पुरुष कोरोना संक्रमितको सम्पर्कमा रहेको भन्दै कन्ट्याक्ट ट्रेसिङमा परेका थिए भने बडिगाडका जनप्रतिनिधि क्वारेन्टाइन व्यवस्थापनमा खटेको भन्दै जाँच गरिएको थियो।

उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्रोत खोज्न थालिएको छ। कन्ट्रयाक ट्रेसिङको काम आजै थालिने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। सदरमुकाममा रहेका जनप्रतिनिधि र बडिगाडका जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना पुगेको आँकलन गर्न थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.