दलहरुलाई चुनाव चिन्ह १९ गते बाँडिने

|

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका पारित गरेको छ। आयोग पदाधिकारीको बुधबार बसेको बैठकले वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनको कार्यतालिका पारित गरेको हो।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेद्वारी मनोनयन दर्ता हुनेछ। यसैगरी १७ गते सूची प्रकाशित हुनेछ भने दाबी विरोध र उम्मेद्वारमाथि जाँचबुझका लागि १८ गतेको समय छुट्याइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार वैशाख १८ गते नै अन्तिम नामावली प्रकाशित गरी १९ गते दलहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ। वैशाख ३१ गते हुने मतदानका लागि भने बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.